लोपउन्मुख 'आरन' व्यवसायलाई व्यावसायिक बनाइँदै । - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लोपउन्मुख ‘आरन’ व्यवसायलाई व्यावसायिक बनाइँदै ।



अर्घाखाँची

परम्परागत रूपमा सञ्चालन हुँदै आएका आरन पेसा लाई व्यवस्थित गर्दै व्यवसायिकता तर्फ उन्मुख गराउने उदेश्यले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाले आरन व्यवसायलाई आवश्यक औजार र क्षमता विकास तालीम प्रदान गर्ने भएको छ ।

अव्यबस्थित रूपमा बर्षौदेखी सञ्चालनमा आएका परम्परागत आरन व्यवसायिहरु आवश्यक औजार र क्षमताको अभावमा लोपहुदै जान थालेपछि नगरपालिकाले यस्तो कार्य गर्न लागेको हो ।

फलामका हँसिया,कोदाली,बन्चरो जस्ता अत्यावश्यक घरेलु औजारहरू बनाई वार्षिक बाली सङ्कलन गरी जेनतेन आफ््नो दैनिक गुजारा चलाउँदै आएका आरन सञ्चालक व्यावसायिक बन्न नसक्दा आर्थिक अभावको कारणले पेसा छाड््न बाध्यभएका हुन्् ।

लोपहुदै गएको यो पेसालाई प्रबर्धन गरी आधुनिक रूपमा व्यवसायिकता दिनका निम्ति आवश्यक औजार र क्षमता विकास तालीम प्रदान गर्न लागिएको नगरप्रमुख सूर्य प्रसाद अधिकारीले बताउनुभयो । नगरपालिकाले यस कार्यका लागी चालु आर्थिक वर्षका लागी बाह् लाख रकम विनियोजन गरेको छ । यस नगरपालिकामा हाल पचास भन्दा बढी परम्परागत आरन सञ्चालनमा रहेका छन्् ।