लकडाउन पनि १५ दिन थपिने: झन् प्रभावकारी पारिने
काठमाडौं- कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले लकडाउन थप्न सिफारिस गरेको छ ।
लकडाउनको प्रभावकारी कार्यान्वयन भएको कारण नेपालमा कोरोना भाइरसको संक्रमण रोकिएको भन्दै समितिले लकडाउन थप्न सरकारलाई सिफारिस गरेको स्रोतले बताएको छ ।
लकडाउनको बारेमा उच्चस्तरीय समितिले सुझाव दिएपनि अन्तिम निर्णय भने मन्त्रिपरिषद्को बैठकले गर्ने बताइएको छ ।
छिमेकी मुलुकहरुमा भएको स्थीती र अन्तराष्ट्रिय परिवेशलाई बिचार गर्दै जानुपर्छ भन्ने निर्णय भएको बताइएको छ। तर कतिदिनसम्म लकडाउन गर्ने भन्ने विषयमा मन्त्रीपरिषदले छलफल गरेर निर्णय गर्ने छ ।
लकडाउनकै कारण संक्रमण फैलनबाट धेरै रोकिएको र थोरै प्रवेश भएपनि नियन्त्रणमा राखिएको निश्कर्ष निकालेको बताइएको छ ।
उनले लकडाउन थप गर्ने मितिको विषयमा खुलाउन नचाहेपनि १५ दिन थप गर्ने भनेर सिफारिस गरेको एक मन्त्रीले बताए ।