सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध



काठमाडौँ- सरकारले मंगलबारदेखि लागू हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन बन्द गर्ने निर्णय पनि गरेको छ। योसँगै नेपालका ७७ वटै जिल्लामा मंगलबारदेखि एक साताका लागि पूर्णतया: लकडाउन हुने भएको छ।

सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि यो व्यवस्था गरेको हो।

औषधिउपचार, खानेपानीजस्ता अत्यावश्यकबाहेक सबै कार्यालयका कर्मचारीहरुलाई सोमबारदेखि कार्यालय नआउन पनि सरकारले निर्देशन दिएको छ।

आन्तरिक हवाई उडान पनि सरकारले चैत १८ गतेसम्म बन्द गरेको छ।

संक्रामक रोग ऐन २०२० अनुसार सरकारको उच्चस्तरीय समितिले निर्देशन दिएअनुसार आदेशको पालना गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले सोमबार साँझ जानकारी दिएका छन्।