नागाबाबाको लिङ्ग बिरुद्ध सर्वोच्चमा रिट - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नागाबाबाको लिङ्ग बिरुद्ध सर्वोच्चमा रिट



काठमाडौं –

शिवरात्री पर्व नजिक आउंदै गर्दा पशुपति क्षेत्रमा नाङ्गाबाबाहरुको चहल पहल बढ्दै छ । पछिल्लो समय शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा हुने नाङ्गाबाबाहरुको लिङ्ग पर्दर्शनको बिरोध हुदै आएको छ ।

धर्मको नाममा पालिएको यो अन्धबिस्वास यति अस्वाभाविक छ कि आधुनिक जमानामा हामी त्यो कल्पना सम्म गर्न सक्दैनौं । नाङ्गाबाबाहरुले लिङ्ग पर्दर्शन गर्ने र महिलाहरुलाई लिङ्ग ढोग्न लगाउने प्रचलन छ शिवरात्रिमा । यसो गरेमा दुख कष्ट हट्ने, निसन्तानलाई सन्तान हुने भन्दै यो कर्मको प्रचार गरिन्छ ।

शिवरात्रीमा पशुपति क्षेत्रमा गर्ने यो प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ ।

कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेका  । न्यौपानेले धर्मको नाममा नागाबाबाद्धारा गरिने अश्लील प्रदर्शन र उच्छृङखल व्यवहार नियन्त्रण गर्न आदेश माग गरी सो रिट दायर गरेका हुन् ।

न्यौपानेले धर्मशास्त्रमा उल्लेख नै नभएको व्यवहार देखाएर नागाबाबाले समाजमा भ्रम र अन्धविश्वास फैलाइरहेको बताए ।

उक्त कार्य संविधानविपरीत भएको बताउँदै लिङ्गको प्रयोग गरी विभिन्न अश्लील खेलहरु खेल्ने, हेर्न बाध्य बनाउनेलगायतका कार्यबाट महिला तथा बालबालिकामाथि मनोवैज्ञानिक यौन हिंसा हुने उल्लेख गरिएको छ ।