काठमाडौंका १८ स्थानमा बिहानैदेखि लामो समय लाइन जाने - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

काठमाडौंका १८ स्थानमा बिहानैदेखि लामो समय लाइन जाने



काठमाडौं- शनिबार बिहानैदेखि काठमाडौंका द्जेरै स्थानमा लामो समयका लागि बत्ति काटिने भएको छ । विद्युत प्राधिकरणका अनुसार करिव डेढ दर्जन स्थानमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म लाइन जानेछ ।

नेपाल विद्युत् प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार बत्तीसपुतली फिडरअन्तगर्त चाबहिल स्तुपा, नेपाल टेलिकम, पशुपति कलेज एरिया, मित्रपार्क, जय बागेश्वरी, मुसे गणेश गोलढुंगा, गौशाला, पिङस्थान, तिलगंगा, शारदा स्कुल, सूचना विभाग क्षेत्रमा अहिले बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् कटौती गरिने भएको हो।

यस्तै कोटेश्वर फिडरअन्तर्गत कोटेश्वर माहादेव मन्दिर, कोटेश्वर चोक,जडीबुटी चोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सीसीआरसी कलेज, सूर्यकोट गेट क्षेत्रसम्म आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती गरिने भएको हो।

सडक विस्तार तथा विद्युत् लाइनकै मर्मतसम्भारका लागि केही घण्टा विद्युत् कटौती गर्न लागिएको जानकारी दिँदै प्राधिकरणले यसबाट ग्राहकमा पर्नजाने असुविधाप्रति क्षमा मागेको छ।