लेखराज भट्टले भने: ओलीलाई काँध थाप्छु, दुवै पद छाड्नु पर्दैन - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

लेखराज भट्टले भने: ओलीलाई काँध थाप्छु, दुवै पद छाड्नु पर्दैन



काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लेखराज भट्टले अहिले पार्टीको स्थायी कमिटीको बैठक नै आवश्यक नरहेको स्पष्ट पारेका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा कुराकानी गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।

उनले आफू कुनैपनि गुटमा नरहेको बताउँदै प्रधानमन्त्री ओलीको साथमा रहेको स्पष्ट पारे । उनले भने, ‘म सरकारमा छु । मन्त्री छु । प्रधानमन्त्रीको साथमा छु । अहिले मलाई प्रचण्डले बोलाउनुभएको छैन् । मन्त्री भएदेखि उहाँले मलाई फोन पनि गर्नुभएको छैन् । म पनि उहाँकहाँ गएको छैन् । अस्ति उहाँकी छोरीले फोन गर्नुभएको थियो । तर, मैले उठाईन् ।’

उनले अहिले पार्टीभित्र स्थायी कमिटी बैठकको आवश्यकत्ता नभएको जिकिर गरे । उनले भने-‘यो बेलामा स्थायी कमिटीको बैठकको माग गर्नु, यो बेमौसमको बाजा हो । अब हामी त नीति तथा कार्यक्रम, र बजेटमा केन्द्रीकृत हुन्छौं । अहिले स्थायी कमिटी बैठक बोलाईँदैन् ।’ त्यस्तै, उनले पार्टीभित्र अहिले एक व्यक्ति, एक पदको आवाज उठेकोमा पनि असन्तुष्टि पोखे ।

उनले यो मागपनि बेमौसमको बाजा भएको प्रतिक्रिया दिए । उनले भने,’केपी ओली दुवै पदमा रहनुपर्छ । एक व्यक्ति, एक पद पनि बेमौसमको बाजा हो । कसले र किन यो माग उठाईरहेका छन् मैले बुझिन् । तर, केपी ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा उहाँ रहनुहुन्छ ।’