लमजुङमा आज मात्रै २० पटक पराकम्प: २७ घर भत्किए, कैयौँ घाइते - Himal Post Himal Post
  • ८ बैशाख २०८२, सोमबार
  •      Mon Apr 21 2025
Logo

लमजुङमा आज मात्रै २० पटक पराकम्प: २७ घर भत्किए, कैयौँ घाइते



लमजुङ- बुधबार बिहान लमजुङमा गएको भूकम्पले २७ घर भत्किएका छन् भने ६ जना घाइते भएका छन् । बिहान ५ बजेर ४२ मिनेटमा मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

त्यसलगत्तै लगातार कैयौं पटक परकम्प गएका गैरहेकोले स्थानीयहरू खुला ठाउँमा बसिरहेका छन् । पराकम्प निरन्तर जाँदा स्थानीयहरू त्रसित बनेका छन् ।

त्यसपछि बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्नेच्युट र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहानको भूकम्पपछि सोही ठाउँमा २० भन्दा बढी परकम्प गएका छन् । केन्द्रले बिहानको भूकम्प पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको जनाएको छ ।

प्रहरीले घाइतेको अस्पतालमा उपचार भैरहेको र क्षतिका थप विवरण संकलन भइरहेको बताएको छ । प्रहरीले २७ वटा घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको बताएको छ ।