लक्ष्मीनगरमा नि:शुल्क स्वास्थ्य शिविर गरिदै ! - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

लक्ष्मीनगरमा नि:शुल्क स्वास्थ्य शिविर गरिदै !



नयाँ दिल्ली 

भारतको राजधानी दिल्लीमा उच्च शिक्षा हासील गर्न आएका नेपाली विद्यार्थीहरु अध्ययनका साथ-साथै विभिन्न किसिमका सामाजिक काममा पनि सक्रिय रहेका छन ।

बेला-बखत गरिब असहायका लागि खानपिनका सामग्री, जाडोमा न्यानो लत्ता-कपडा, रक्तदान शिविर दल लगायतका सामाजिक काममा लागेको सीए विद्यार्थीहरुको संगठनले राष्ट्रीय प्रजातन्त्र दिवसको अबसर पारेर  सीए नेपाल विद्यार्थी संघ भारत र नेपाल तरुण दल उत्तर भारत क्षत्रको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दैछ ।

आगामी १८  फरवरी आइतबारका दिन लक्ष्मी नगरस्थित इन्स्टीच्युट अफ राइजिङ स्टारको हलमा बिहान १०  बजेदेखि दिउँसो २  बजेसम्म नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताएका छन्   । स्वास्थ्य शिविरमा ह्मदयरोग विशेषज्ञ, फिजिसियनसँग निशुल्क परामर्श, आँखाजाँच, सन्तुलित भोजन परामर्श, रक्तचाप, मधुमेहको परीक्षण, ईसीजी लगायतको सेवा लिन सक्ने कार्यक्रम संयोजक नेपाल  तरुण दल उत्तर भारत क्षेत्रका अध्यक्ष  एलपी पाण्डेले बताए  ।