काठमाडौं लैजाँदै गर्दा वीरगञ्जका २५ वर्षीय युवाको मृत्यु - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

काठमाडौं लैजाँदै गर्दा वीरगञ्जका २५ वर्षीय युवाको मृत्यु



काठमाडौं- वीरगञ्जमा एक बिरामीको मृत्यु भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु भएको हो ।

कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका आफन्त महेश कुशवाहले बताए ।

कोरोनाका जस्तै लक्षण देखिएको भन्दै पर्साको नेशनल मेडिकल कलेजले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरेको थियो ।

ज्वरो आउन थालेपछि अस्पताल भर्ना भएका थिए । त्यसपछि चिकित्सकले उपचार गर्न नमानेको आफन्तले बताएका छन् ।