वैदेशिक रोजगार विभागमा कुमार दाहाल नियुक्त
काठमाडौं– वैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल नियुक्त भएका छन् ।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि विभागमा दाहाललाई नियुक्त गरिएको हो ।
दाहालले बिहीबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । उनी यसअघि यातायात व्यवस्था विभागमा महानिर्देशकका रुपमा कार्यरत थिए ।
नवनियुक्त महानिर्देशक दाहालले आफू विभागमा आएसंगै यसअघिका महानिर्देशक भुसालले अघि बढाएका कामलाई निरन्तरता दिने प्रतिक्रिया दिए ।