कसले बनायो कुलमानको 'फेक एकाउन्ट' ? - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

कसले बनायो कुलमानको ‘फेक एकाउन्ट’ ?



काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गलत समाचारबारे आपत्ति जनाएका छन् ।

मंगलबार साँझ कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भन्ने समाचारबारे उनले आपत्ति जनाएका छन् ।

त्यस्तै घिसिङले आफ्नो फेक अकाउन्ट खोलेर गलत प्रचारबाजी भएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टी जनाएका छन् ।

‘मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेषण भएकोले मेरो यो वाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउदछु’, उनले भनेका छन् ।

विभिन्न सञ्चारमाध्यमहरुमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुनः चार वर्षे कार्यकाल थप गर्ने निर्णय गरेको भन्दै समाचार सम्प्रेषण भएका थिए । तर, उर्जा मन्त्रालयले घिसिङको प्रस्ताव मन्त्रिपरिषद्मा नलगिएको जानकारी दिएको थियो