काठमाडौंमै छन् हजारौँ संक्रमित, भुसको आगोझैँ फैलिँदै कोरोना- सचेत बनौं - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

काठमाडौंमै छन् हजारौँ संक्रमित, भुसको आगोझैँ फैलिँदै कोरोना- सचेत बनौं



काठमाडौं- स्वास्थ्य मन्त्रालयको डाटा र प्रेस ब्रिफिङ सुन्दा काठमाडौं उपत्यका कोरोना संक्रमणको जोखिममा छैन जस्तो लाग्छ तर, वास्तविकता त्यस्तो छैन । स्वास्थ्य अधिकारीहरूले काठमाडौंमा हजारौँको संख्यामा संक्रमित भएको दाबी गर्छन ।

काठमाडौंमा बस्दै आएकाहरू सबैले परिक्षण गराउने क्रममा स्थायी ठेगाना मात्र लेखेकाले स्वास्थ्य मन्त्रालयले पनि फलानो जिल्ला मात्र भन्ने गरेको छ । तर संक्रमितमध्ये अधिकांश काठमाडौं भित्रकै हुनेगरेको मन्त्रालयकै अधिकारी बताउँछन । अहिले सार्वजनिक भएका करिव एक सय संक्रमित स्थायी ठेगाना काठमाडौं भएका हुन् ।

काठमाडौं भित्र संक्रमण भुसको आगो झैं सल्किएको जनस्वास्थ्यविज्ञहरू बताउने गरेका छन् । अवस्था निकै चिन्ताजनक बन्दै गैरहेको समेत स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यस्तो अवस्थामा पनि अहिले काठमाडौं उपत्यकामा मानिसहरू निस्फिक्री हिंडीरहेका छन्, सवारी जाम छ, कोहि त मास्क पनि नलगाई हिडिरहेका छन् ।

लकडाउन खुकुलो भएपछि उपत्यकाको जनजीवन सामान्य जस्तै बनेको छ । रेस्टुरेन्टहरूमा पनि ब्यापार भैरहेको देखिन्छ । बाहिरि जिल्लाहरूबाट काठमाडौं छिर्नेको लर्को नै लागेको छ । सरकारले पिसिआए टेस्टको दायरा झनै घटाएको छ ।

दैनिक जसो पीसीआर परीक्षण गर्न टेकु अस्पतालमा निकै भिडभाड लागेको देखिन्छ । काठमाडौंमा मात्र करिव दैनिक एक हजार मानिसहरू पिसिआर परिक्षण गर्न टेकु जाने गरेका चाहन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार दिनहुँ त्यहाँ भिड लाग्ने गरेको छ ।

काठमाडौं भित्रिनेहरू प्राय कोरोना परिक्षण गर्न टेकु जाने गरेका छन् । काठमाडौंमा टेस्ट गर्नेहरूले फारममा भने बसोबास रहेको ठेगाना खुलाउँदैनन् । उनीहरूमध्ये काठमाडौंमै बस्ने संक्रमित कति भए भन्ने स्पस्ट डाटा स्वास्थ्य मन्त्रालयसंग पनि छैन ।

परिक्षण गराउनेहरूको प्रवृत्ति छ, बसोबास राजधानीको, ठेगाना जन्मस्थानको । यो प्रवृत्तिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पदाधिकारी तनावमा देखिन्छन् ।

काठमाडौंमै बसोबास गर्नेहरू पनि जन्मठाउँको ठेगाना लेख्छन, सुचना बाहिरिए समाजमा अपहेलित हुने डरले पनि उनीहरू आफ्नो परिचय लुकाउँछन । महाशाखाका निर्देशकनै संक्रमितहरूको वास्तविक ठेगाना उल्लेख नगर्दा संक्रमित खोज्नै हैरान भएको बताउँछन ।

भीडको माहोलमा परीक्षण गराउनेले भर्नुपर्ने फारममा उल्लेख गर्नुपर्ने वास्तविक ठेगाना लेखिँदैन । जँचाउन चाहनेले पनि बसिरहेको अस्थायी ठेगाना लुकाउँछन् । स्थायी मात्र लेखाउँछन । कोरोना परीक्षण गर्न आउनेको यस्तै गैरजिम्मेवारीपनले संक्रमणको जोखिम झन् बढाएको छ ।

काठमाडौंमा बसेका हुन्छन्, फारममा स्थायी ठेगाना लेखेका हुन्छन् । टेलिफोन उल्लेख हुन्छ । कोरोना पोजिटिभ भएपछि चिन्ता हुने विभागकै अधिकारी बताउने गरेका छन् ।

उपत्यका बाहिर घर भएकाहरू काठमाडौंमै संक्रमित भएको धेरै डाटा भेटिएको विभागका कर्मचारीहरू नै बताउँछन । उपत्यकामा बसिरहेका व्यक्तिले गाउँको ठेगाना दिने गरेका कारण झन् जोखिम बढेको हो । को व्यक्तिबाट कसरी काठमाडौंमा संक्रमण फैलिरहेको छ भन्ने यकिन गर्न कठिन भइरहेको रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राजधानीभित्र हजारौंको संख्यामा संक्रमित भएको बताउँछन । उनीहरूले अरू कति जनालाई संक्रमण फैलाए भन्ने चिन्ताको बिषय भएको उनि बताउँछन ।

संक्रमितहरूको खास डाटा नभएको र संक्रमण भित्रभित्र बढ्दै गएकाले काठमाडौं उपत्यका झन् बढी जोखिममा देखिएको सरोकारवाला हरू बताउँछन ।