दुई दिन काठमाडौं लकडाउन खुकुलो बनाउनुको उपहार: ३ कोरोना संक्रमित - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

दुई दिन काठमाडौं लकडाउन खुकुलो बनाउनुको उपहार: ३ कोरोना संक्रमित



सरकारले सुरक्षित रहेको भन्दै २ दिन लकडाउन खुकुलो पारेलगत्तै काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रिमत भेटिएका छन्।

पेप्सीकोलाका संक्रमित निको भएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणमुक्त घोषणा गरेकाे उपत्यकामा मंगलबार एकै दिन तीन जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंकी ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

सरकारले उद्योग तथा सेवा गरी १४ क्षेत्र खुलाउने निर्णय गरेपछि गत आइतबारदेखि उपत्यकामा टाइम कार्ड लागू गरेर यातायात खुलाइएको छ।

त्यससँगै उपत्यकामा भिडभाड बढेको छ भने नाकामा कडाइ गरिएको भनिए पनि विभिन्न जिल्लाबाट उपत्यकामा मानिस भित्रिने क्रम बढेको छ। उपत्यका भित्रिने नाकामध्ये भक्तपुर पनि एक मुख्य हो। जहाँ मंगलबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा पछिल्लाे समय भेटिएका तीन संक्रमितमा कसरी संक्रमण भयो र उनिहरु कहाँका हुन् भन्नेबारे केही खुलाइएकाे छैन।

यसैबीच गृह मन्त्रालयले मंगलबार साँझ एक जिल्लाबाट अर्को जिल्लामा जाने सम्पूर्ण सवारी पास रद्द गरिएकाे जनाएकाे छ।