काठमाडौं महानगरका ३१ सफाई कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौँ- काठमाडौं महानगरपालिकाका फोहोर मैला व्यवस्थापनमा खटिने कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएका ३१ जनाको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको हो ।
उनीहरुको पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको काठमाडौं महानगरले जनाएको छ ।उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराइएको थियो ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा विभागको समन्वयमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक स्वास्थ्यकर्मीहरुले शुक्रबार आरडीटी परीक्षण गरेको थियो ।
फोहोरमैला व्यवस्थापनमा खटिने ९ सय ३२ जनाको आरडीटी परिक्षण गर्दा ३१ जनाको आरडीटी पोजिटिभ देखिएको थियो ।