उच्च जोखिममा काठमाडौँ - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

उच्च जोखिममा काठमाडौँ



काठमाडौं- कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको छ ।

राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरू अहिले नेतृत्वविहीन अवस्थामा रहेका छन् । सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने बताए पनि चेक जाँचबिना काठमाडौँ भित्रिनेको संख्या बढ्दो अवस्थामा रहेको छ ।

राजधानी भित्रने प्रमुख नाकाको रूपमा रहेको नागढुंगामा कोरोना संक्रमणको कुनै चेकजाँच गरिएको छैन । अन्य नाकाको पनि हालत उस्तै रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै मन्त्रालयल यता महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले प्रहरीको एक्लो प्रयासले यो समस्या समाधान गर्न नसक्ने भएकाले सबै निकाय चनाखो हुनुपर्ने बताए ।

राजधानी भित्रने यात्रु तथा सवारी चालकमा समेत कोरोना संक्रमणबाट बच्ने बारेमा सचेतना नहुनुले पनि राजधानीमा कोरोना संक्रमण बढ्ने अवस्था देखिएको छ । यात्रुले मास्कको प्रयोग नगर्दा समेत प्रहरी प्रशासन मूकदर्शक भएर बसेको देखिन्थ्यो ।