काठमाडौंमै डुबेर दुई बालकको मृत्यु - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

काठमाडौंमै डुबेर दुई बालकको मृत्यु



काठमाडौं- काठमाडौंमै डुबेर दुई बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा पोखरीला डुबेर दुई बालकको मृत्यु भएको बताइएको छ ।

कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ८ वर्षीय कृष मगर र ११ वर्षीय प्रशान्त सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको विपद् व्वस्थापन र कीर्तिपुर प्रहरी वृत्तबाट खटिएका उद्धार टोलीले झन्डै १५ फिट गहिरो पोखरीबाट बालकको शव निकालेका थिए। उक्त पोखरी सिंचाइका लागि बनाएको बताइएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार बिहीबार साथीहरूसँग पौडी खेल्न गएका उनीहरू पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेका हुन् । अहिले पोस्टमार्टमका लागि दुवै बालकको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।