काठमाडौंको एक अपार्टमेन्टमा तीन जनामा कोरोनाको शंका: थप परिक्षण हुँदै - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

काठमाडौंको एक अपार्टमेन्टमा तीन जनामा कोरोनाको शंका: थप परिक्षण हुँदै



काठमाडौँ- काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीनजनालाई र्‍यापिड टेस्ट गर्दा कोरोना शंका भएकाले स्वाब टेकु पठाईएको छ ।

एकै परिवारका तीनजनालाई टेस्ट गर्दा कोरोना संक्रमणको शंका लागेपछि पाटन अस्पतालको आइसोलेसनमा पठाईएको थियो ।

उनीहरू सबैको र्‍यापिड टेस्ट किटबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र थप पुष्ट्याइँका लागि पीसीआर टेस्ट गर्नको लागि टेकु पठाईएको स्रोतले बताएको छ ।

पाटन अस्पतालमा भर्ना गरिएका उनीहरू बुबा, आमा र छोराको थप पुष्ट्याइँका लागि पीसीआर विधिबाट परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको बताइएको छ ।

पाटन अस्पतालबाट ती तीनैजनाको स्वाब परीक्षणका लागि आइतबार टेकु पठाइएको बताइएको छ ।