कपिलवस्तु जिल्ला अस्पतालमा एक युवकको मृत्यु
काठमाडौं- कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आशंकामा कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको हो ।
कपिलवस्तु विजयनगर गाउँपालिका-२, जलैयाका ३० वर्षीय गावद्र्धन भरको मृत्यु भएको अस्पतालले जनाएको छ ।
शुक्रबारदेखि अस्पतालको आइसोलेसनमा राखिएका उनको सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको हो।
भरको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ, तर रिपोर्ट आउन बाँकी रहेको कपिलवस्तु अस्पतालका चिकित्सकले बताएका छन्।