कपिलवस्तुका दुई जनामा संक्रमण भएको पुष्टि: १०१ पुगे संक्रमित
काठमाडौं । नोभेल कोरोना भाइरसका दुई जना संक्रमित थपिएका छन् । प्रदेश ५ को कपिलबस्तुमा पहिलो पटक दुई जना संक्रमित भेटिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमित देखिनेमा कपिलवस्तु-०८ निवासी १२ र २२ वर्षीय पुरुषहरु रहेका छन् ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या १०१ पुगेको छ भने निको भएर फर्कने ३० जना पुगेका छन् ।