केपी अोलीले भ्रष्ट,ठग र दलाललाई टपक्क टिपेर कसरी मिल्काउलान् ? - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

केपी अोलीले भ्रष्ट,ठग र दलाललाई टपक्क टिपेर कसरी मिल्काउलान् ?



हरि थापा

हाम्रो मुलुकमा ठग,दलाल गुण्डा गर्दी दादागिरी कालो बजारी बलात्कार चोरी डकैती सामान्य भन्दा सामान्य भईसक्यो।दिनदिनै यस्ता घटना कयोैँ घट्छन् दुईचार दिन समाचारका हेडलाईन बन्छ अनि बिस्तारै त्यो विषय आफैँ हराएर जान्छ।।

कुरो!ठग,दलाल बेचबिखनमा मात्र सीमित छैन यस्ता कुकृत्य काम जसले पायो उसले हिमम्मत गर्न सक्दैन।कसै न कसैको आड नपाई कहाँ यस्ता आपराधिक धन्दामा हात हाल्छन् र?

एउटा चेतना भएको मानवको हैसियतले पनि जब मानिस समयको दास भई हुर्कँदै बढ्दै परिपक्व हुँदै जान्छ जिम्मेवारको संमवेदनाले थिच्दै निचोर्दै लग्छ।जानी नजानी चाहँदा वा नचाहँदा पनि परिस्थितीअनुरुप यी सबै ब्यबधानहरु भोग्न तयार हुन्छन्।

जब परिपक्व अवस्थाको अनुभूति गरिन्छ संस्कार अनुरूप वैवाहिक सम्बन्धमा बाधिईन्छ त्यसपछि सन्ताको मोह उब्जिन्छ र बिस्तारै यो पनि पुरा हुँदै जान्छ तर सन्तान अनिवार्य भन्ने कुरा चैँ मापदण्ड भित्र पर्दैन।आवश्यकता, इच्छा अनुसार जन्माइन्छ।

कहिले अस्थाई साधन प्रयोग गरिन्छ कहिले अञ्जानमा गर्व बस्दा क्युरेट पनि गरिन्छ। यदि सन्तानको रहर पुगिसकेको हो भने समयमा नै समाधान अपनाउन सकिन्छ तर जन्म भईसके पछि मार्छु। मर्न दिन्छु सन्तानको आवश्यक छैन भन्ने अधिकार चाहिँ चाहेँ जन्म दिने आमा किन नहोस् यो छुट कसैलाई छैन।जन्म भईसकेपछि स्वतन्त्र भएर बाच्न पाउने शिशुको नैसर्गिक अधिकार हो।यो हरफ चैँ याद गर्नुस् है।यति बेला सम्म तपाईँ के भन्दै छ भनेर कन्फ्युजन हुनु हुँदैछ भने अहिले यति याद गर्नुस् अब प्रसङ्ग बाट प्रस्ट पार्ने छु।

देशको ४१ अोैँ प्रधानमन्त्रीमा केपी शर्माअोली नियुक्त भए सँगै जनतामा खुसी छाएको छ खुसी केपी वली प्रधानमन्त्री भएर हैन देशले अब बाम गठबन्धनको तर्फबाट स्थाई सरकार पायो अब सरकार ढाल्ने र बनाउने क्रम रोकिने भयो देश समृद्ध र विकास हुने भयो भनेर जतातत्तै हर्ष उल्लास छाएको हो।

यति मात्र हैन,प्रधानमन्त्री केपी वलीले पछिल्लो पछिल्लो पटक अभिव्यक्ति दिएका छन्!”अब भ्रष्टचारी,दलाल,ठग साथै अन्य अपराधमा संलग्न जो कोहीलाई टपक्क टिपेर मिल्काईदिन्छु अचम्म नमान्नु जिन्दगी सँग ठट्टा गर्ने समय छेैन” मलाई यो ठ्ट्टा मात्र हैन महाँठट्टा लागेर एक पटक भुतुक्कै भए।यो भन्दा मजाक ठट्टा के हुन सक्ला र?

अोलीको यो बक्तब्य सँगै धेरै यस क्षेत्रमा संलग्न व्यक्तिको मन कुडिएको छ अोलीले बढी मान्छे चिढ्याउने काम गर्छन् यो जगजायर छ।तर उसले भने जस्तो टपक्क टिपेर मिल्काए भने चैँ जनताले वाँ वाहीँ गर्दै सलाम ठोक्नेछन।

तर, ती लुटेर,चोरेर,ढाटेर,छलेर ठगेर दलाल गर्दै जीवन गुजार्दै अाउनेको लागि यो एक खतरनाक चुनोैती भईदिएको छ यति बेला उनीहरूको होसवास नै उडेको छ।

अब अगि माथि भनेको अस्थाई साधन प्रयोग क्युरेट यहीँ आएर जोडिन्छ,यधपी नितिनियम गतिलो कडा,समान कानुन सम्मान र खल्तीको मोटो रकमलाई वास्ता नगरी सेटिङ्ग,डिलिङ्ग लोभ लालचमा मा र्‍याल नकाढी सरकारका निकायहरूले नितिनियमललाई तोडमोड नगरी
पैसामा तोैलिन नमिल्ने गरी सिधैँ सजाएँ हुने नीति भईदिएको भए यो पेसा यसरी बढ्थ्यो त?

देशमा जसरी गुण्डा दलाललाई सरकारी सामर्थ्य पहुँको आधारमा यहाँ सम्म ल्याइएको छ अब यसलाई खत्तम पार्न पनि उत्तिकै लागत र श्रोत साधनको आवश्यकता हुन्छ सरकार एउटा अभिभावक हो।सरकारका केही सन्तान अाउटअफ ट्य्राकमा हिँडेको छ।

यस्ता कुरामा नीति निर्माता हरूलाई पहिल्यै ज्ञान हुनु जरुरी थियो प्रतिपक्षमा हुँदा कति गुण्डा उत्पादन भए अब सरकारमा हुँदा एकै पटक विस्थापन हुनु भनेको फलामको चिउरा चपाउनु बराबर हो।यस्ता कुरामा पहिल्यै ध्यान पुर्‍याउनु पर्थ्यो समय ढिला भइसकेको छ तैपनि
यसलाई चुनोैती दिएर मात्र हैन अवसर खडा गरेर समाधान गर्न सकिएला!

सरकारले सुकुम्वासी बस्ती जतनै पटक उदाङ्गो पारे पनि जब सम्म सरकारले निराकरणको ठोस उपाय अपनाउँदैन तब सम्म किचलो रहिरहन्छ बस्ती बसिरहन्छ।त्यस्तै ठग दलाल चोर भनिने
हरूलाई भनी रत्नकार डाुकुलाई वाल्मिकी बनाएझैँ सरकारले सम्मानित तरिकाले ठेगाना लगाउने केही उर्जाशिल कार्यको जिम्मेवार दिने, चोर छोरालाई अभिभावकले घरको जिम्मेवारको तालाचावी दिए जसरी जिम्मेवार बनाइयो भने पक्कै सुध्रिएलान र ब्याक पावरहरूलाई बिस्तारै परास्त गरियो भने सरकारको यो सफलता हात लाग्ला नत्र चिड्ढ्याएको भरमा दलाल ठग ठेगानामा कहिल्यै अाउदैनन्।

झ्वाट्ट हेर्दा देख्दा एक जना बदमास चोर दलाल भए पनि यहाँ सम्म ल्याउने कानुन उसका रक्षक संरक्षक सबै दलाल हुन ठग हुन् एक व्यक्ति पर्दामा देखिने सहायक पात्र मात्र हो मुख्य रचनाकार,अभियुक्त पर्दापछाडि हुन्छन् र व्यक्ति प्रयोग गरिरहेका हुन्छन्। जब एउटा कुख्यात दलाल गुण्डा,ठग भनिने व्यक्तिलाई पटक पटक प्रशासनले मन लागे च्याप्पा समात्ने मन नलागे छाड्दै गर्ने हो भने पनि परिणाम अझै खत्तरा आउन सक्छ पहुँच पावरको आधारमा अपराधीको अाईडिन्टीफाई गर्ने हो भने अझ दुर्भाग्य हुनेछ।

अहिले देशले जन्माएका पहुँच र पावरमा जन्मिएका भ्रष्ट ठग,दलाल र गुण्डा जन्माई सकेपछि मार्छु भनेर पाइन्छ? देशको लागि समान नागरिक हो पेसाले ठग,चोर दलाल ,गुण्डा भ्रष्ट भए पनि यो देशको आम नागरिक हो यसको मतलब अपराधीलाई छुट दिनुपर्छ भन्ने मनासय हैन।

नितिनियमका धज्जी उडाउँदै जन्माएका केही पावर र पहुँच वालाहरुको सन्तान हो।जन्मँदै कोही चोर ठग फटाह,गुण्डा दलाल भएर जन्मिने हैन अभिभावको भूमिका पनि सर्वश्रेष्ठ हुन्छ साथै वातावरण,रहनसहन संस्कार रितिरिवाज आचरण साथी सङ्गत आदि कारण मान्छेले आफ्नो अोैकात भुली धार परिवरर्तन गर्दछ त्यो पनि अरूकै इसारामा अनि एक क्रूर अभियुक्त बन्दछ।यो देशका ठालु अर्थात् पहुँच हुने पावर हुनेहरुले नै निर्माण गरेका हुन।

जब मान्छेलाई पहुँच र पैसाको साथ सहयोग हुन्छ तब आफूलाई शक्तिशाली प्रमाणित गर्न कुनै पनि कसुर बाँकी राख्दैनन् यस्तै मोहमा फसेपछि मान्छेहरू जीवन त्याग्न सक्छन् तर कहिल्यै ट्रयाक्कमा आउन सक्दैनन्।

जब सरकार प्रमुखको हैसियतले म यस्तो गर्छु उस्तो गर्छु भनेर सूचना दिइन्छ अनि चैँ सोच्न बाध्य पार्दछ।यस्ता विषय त सुटुक्क अगाडी बढाउने हो तर यहाँ चोर फटाह दलाल भ्रष्ट समाउने भनी पूर्व सूचना कार्यकारी प्रमुख बाट दिइन्छ र ती दलाल भ्रष्टहरू अझै फरक फरक रूप बाट प्रस्तुत हुन्छन्।।

अपराधी अनुसन्धान भन्दा पनि एक स्टेप अगाडी हुन्छ भन्ने भनाई छ त्यसैले साँच्चै भन्ने हो भने यी चोर फटाहा दलाल भ्रष्ट एक्सपोर्ट छन् फरवार्ड छन् टेक्नोलोजीमा पोख्त छन् र त उनीहरू हरेक प्रविधिको विकास भन्दा पनि अगाडी नै रहन सक्छन्।

यदि सरकारले यी दलाल भ्रष्ट ठग हरूलाई टन्न सुविधा दिएर टेक्निकल फिल्डमा लगाउने हो र जिम्मेवार दिने हो भने देशलाई कति फाइदा हुने थियो।ठग दलाल भ्रष्ट हुनु आफैमा सजिलो विषय हैन कति जोखिम चुनोैतिको बाबजुत पनि आफ्नो मिसनमा अडिग रहने र काम फत्यको सुपारी लिने र कामको शतप्रतिशत नतिजा दिने यस्ता पात्रहरूलाई देश विकासमा लगाउने हो भने साँच्चै कायापलट हुँदो हो।यी अनि यस्ता पात्र खोज्नको लागि मात्र सरकारले अरबोैँ बजेट खर्चिने गरेको छ तर न समाउन सक्छ न त समातेको लाई कारबाही गर्न सक्छ? मात्र चिढ्याउने र अझै थप ऊर्जा प्रेरणा पुरस्कृत गरेझैँ ठुला ठुला स्वरमा भन्छन् टपक्क टिपेर मिल्काउँछु।त्यति सजिलो छ र यो काम?

हेर्दा असामान्य लाग्दैन,तर पनि हरेकले बाच्नका लागि एउटा बाटो रोजे जस्तै ठग र दलाल ले पनि सामान्य बाटो रोजेको हो।ठग भन्ने दलाल भन्ने कुनै ग्रहबाट हामफाल्दै उफ्रिदै आएको अाजिव प्राणी हैन।।

ठग दलालका पनि घर छ परिवार छन् जिम्मेवार छ नैतिक प्रतिष्ठा छ उनीहरूको पनि इच्छा आकाङ्क्षा छन् उनीहरूको पनि बाध्यता छन् चोर्नु ढाट्नु छल्नु आफैमा अापतिजनक छ र यो यस्तो बहादुरी काम गर्न कमजोर मुटु कमजोर मस्तिष्क हुनेले सोच्न पनि सक्दैन यो अत्यन्त जोखिम र कठिन काम हो।

खासमा यो नबुझेर मात्र हो।जसरी सञ्जनको विषयमा जसरी पाठ पढाइन्छ उसै गरी ठग र दलालको बारेमा पाठ पढाउने हो भने यो विषयमा सबै भन्दा बढी फेल हुने थिए होला भनेर सजिलै अनुमान लगाउन सकिन्छ।।

एउटा मान्छे जानेर वा नजानेर बाध्यता बस ठग दलाल भईदिन्छ हो पेसा भएपछि उसले आफ्नो पेसालाई सम्मान गर्नु नै पर्छ।विभिन्न अादर्शवान व्यक्तिको भनाई अनुसार काम कहिल्यै सानो ठुलो हुँदैन भन्ने भनाई छ यही भनाइलाई आधार मान्ने हो भने पनि दलाल ठग को काम सानो होइन एकतर्फी उसका पक्षबाट हेर्दा उसलाई यहीँ कामले बिहान बेलुकी रोजीरोटी गर्न पाएको छ श्रीमतीलाई खुसी राख्न सफल भएको छ नानीबाबुको टिफिन किन्न सकेको छ राम्रो स्कुल पढाउन सकेको छ भने उसले आफ्नो पेसा लाई किन राम्रो नमान्ने?

रहरले होस वा बाध्यताले मान्छेलाई कुन बिन्दुमा पुर्‍याउँछ त्यो त जीवनलाई भोग गर्दै जाने क्रममा देखिने कुरा हुन।संसारमा यस्ता जोखिम मोल्ने केही मान्छे छन् जुन साधारण हैन असाधारण जीवन जिउँछन्।