कोटेश्वरमा कार दुर्घटना हुँदा एकको मृत्यू - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कोटेश्वरमा कार दुर्घटना हुँदा एकको मृत्यू



काठमाडौं- काठमाडौंको कोटेश्वरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोटेश्वर नजिकै जडिबुटीमा शुक्रबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यू भएको हो ।

कार अनियन्त्रित भई सडक पेटीमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जडिबुटी चोकतिर आएको बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पेटीमा ठोक्किएको हो ।

कार ठोक्किँदा कारमा सवार २१ वर्षे जितम गुभाजुको घटनास्थलमा मृत्यु भएको हो । बिहान करिब सात बजेतिर भएको दुर्घटनामा कार चालक सामान्य घाइते भएका छन् ।

सामान्य घाइते भएका कार चालक वर्ष २१ का वीरेन्द्र श्रेष्ठ र क्षतिग्रस्त कार महानगरीय प्रहरी प्रभाग काँडाघारीको नियन्त्रणमा रहेको बताइएको छ ।