कोरोना उपचारको लागि उपत्याकामा ३ वटा अस्पताल तैनाथ
काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालमा हालसम्म कसैलाई पनि कोरोना भाइरसको संक्रमण नदेखिएको बताएका छन् ।
काठमाडौंमा कोरोनाका बिरामीका लागि तीनवटा अस्पताललाई पनि तयारी अवस्थामा राखिएको उनले जाकनारी दिए।
उनका अनुसार ती तीन अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचार हुने व्यवस्था गरिने छ। अन्य बिरामीलाई अन्य अस्पतालमा उपचारको व्यवस्था गर्ने तयारी भएको हो।
राष्ट्रियसभा बैठकमा सरकारकातर्फबाट कोरोना भाइरससम्बनिध जानकारी गराउँदै उनले हालसम्म नेपालमा कोरोना भाइरस संक्रमित नभेटिएको बताए ।
मन्त्री ढकालले हालसम्म ४ सय ६४ जनामा कोरोना संक्रमणको आशंकामा स्वासथय परिक्षण गरिएपनि सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।
देशमा साना ठुला १२९ नाकामध्ये ४३ विन्दुमा जाँच गरेर भारत हुादै नेपाल आउने व्यवस्थापना कार्य अघि बढिरहेको बताए ।
त्यस्तै सिमा जोडिएका स्थानीय तहलाई पनि २१ बुँदे निर्देशन पठाइएर आवश्यक सावधानीको व्यवस्था गरिएको मन्त्री ढकालले जानकारी गराए ।
उनले सरकारले नेपालमा कोरोना भाइरसलाई नेपाल पस्नै नदिन सावधानीअपनाइएको बताए । “नेपालभित्र प्रवेश गर्न नदिने लक्ष्यका साथ सावधानी अपनाइरहेका छौं । हाल मिलाउने, गला मिलाउने भन्दा निश्चित दूरीबाट नमस्कार गर्ने, हात धुने, भीडमा नजानेजस्ता अन्य विषयमा हामीले ध्यान दिलाएका छौं”, उनले भने ।
प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई पनि जिल्ला नछाड्न भनिसकिएको उनले बताए । त्यस्तै, उनले ५६ लाख विद्यार्थी अध्ययनरत रहेको, १ देखि ९ सम्मका ५० लाख विद्यार्थीको परिक्षा आगामी चैत ५ भित्र सक्ने योजना रहेको, बताए ।
एसईइ एक दुई दिनको अवस्था हेरेर परिक्षा तालिका बनाउने पनि जानकारी दिए । सगरमाथा संवाद स्थगित गरिएको, अन्तर्राष्ट्रिय कार्यक्रममा भाग नलिने, भोजभतेर र भिडभाड हुने कार्यक्रममा नगएर सहयोग गर्न जनतालाई आव्हान गरिसकेको उनले बताए ।
उनले हाल काठमाडौंमा १ सय ७० वटा आइसियु सञ्चालनमा रहेको र काठमाडौंमा १ सय २ण् र बाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु थप्ने काम अघि बढेको उनले जानकारी दिए ।
३ वटा अस्पतालमा केन्द्रित हुने र यो रोगका विरामीको प्राथमिकताका साथ उपचार गर्ने गरि व्यवस्था अघि बढाउनुपर्छ । औषधि र औजारको जोहो गर्ने कुरामा सरकार लागिसकेको छ ।