कोरियामा बढ्यो तलव: प्रतिघन्टा ८ हजार ५ सय ९० - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

कोरियामा बढ्यो तलव: प्रतिघन्टा ८ हजार ५ सय ९०



काठमाडौं- दक्षिण कोरियामा काम गर्ने तथा जान चाहनेको लागि खुसीको खबर छ । नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ ।

दक्षिण कोरियामा रहेका झण्डै ३५ हजार नेपाली नागरिक र अन्य देशका कामदारलाई खुसि पार्ने गरी नयाँ वर्षमा त्यहाँको सरकारले प्रतिघन्टा तलव बढाएर ८ हजार ५ सय ९० वन बढाएको छ ।

अघिल्लो वर्ष भन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ ।

कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला महिनामा १७ लाख ९५ हजार ३ सय १० कोरियन वन (झन्डै १ लाख ७५ हजार नेपाली रुपैयाँ) हुनेछ ।

साथै दिनमा ८ घन्टाभन्दा माथि अतिरिक्त काम गर्ने मजदुरले राति १० बजेसम्म प्रतिघन्टा १२ हजार ८सय ८५ वनका दरले ज्याला पाउनेछन् ।

त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्त रात्रि भत्तासहित प्रतिघन्टा १७ हजार १ सय ८० वन प्राप्त गर्नेछन् । गत जुलाईमा तलब निर्धारण समिति र श्रम तथा व्यवसाय प्रतिनिधिबीच भएको छलफलपश्चात २.८७ प्रतिशत तलब बढाउने सहमति भएको थियो ।

तलब बढेसँगै दक्षिण कोरियामा रहेका झण्डै ३५ हजार नेपाली नागरिकसँगै कोरियन र अन्य देशका कामदार प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले चुनावी प्रचारका बेला सन् २०२० सम्म कामदारको तलब प्रतिघन्टा १० हजार कोरियन वन अर्थात झन्डै एक हजार रुपैयाा बनाउने जनाएका थिए ।

सोही प्रतिबद्धताअनुसार गत वर्ष सरकाले ११ प्रतिशत तलब बढाएर १७ लाख ४५ हजार १ सय ५० वन बनाएको थियो ।

एक्कासि धेरै तलब बढाएको भन्दै यहाँका साना तथा मझौला उद्योगहरुले विरोध जनाएपछि यो वर्ष थोरै मात्र तलब बढाएको हो ।