अब किसान र किसानले उत्पादन गरेका बस्तु सरकारले जिम्मा लिने - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

अब किसान र किसानले उत्पादन गरेका बस्तु सरकारले जिम्मा लिने



काठमाडौं- अब किसान र किसानले उत्पादन गरेका सबै बस्तु सरकारले जिम्मा लिने भएको छ । सरकारले किसानले उत्पादन गरेको कुनै पनि वस्तुको विक्रीको ग्यारेन्टी गर्ने बताएको छ ।

कृषि तथा पशुपक्षीं विकास मन्त्री घनश्याम भुसालले किसानले उत्पादन गरेको वस्तुको समर्थन मूल्य तोक्ने र त्यसको विक्रीको ग्यारेन्टी सरकारले लिने घोषणा गरेका हुन।

बुधबार मन्त्रालयमा पत्रकार सममेलन गरी आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सरकारले तोकेको मूल्यमा किसानको उत्पादन बजारमा विक्री नभए सरकारले किनिदिने बताए।

उनले किसानले उत्पादन गरेको नगदे बालिमा लागतपछिको बचत मूल्य सहितको मूल्य निर्धारण गर्ने बताए। जसबाट किसानलाई २५ प्रतिशत सम्म नाफाु सुनिश्चित हुने दावी समेत उनले गरे।

मन्त्री भुसालले व्यक्तिगत रुपमा किसानलाई दिने अनुदानमा सुधार गरी मल, बीउ, सिचाईं र विजुलीमा अनुदान दिने व्यवस्था गर्ने नीति लिएको बताए।

उनले भने, ‘बीमा गर्छौं टेक्निकल सपोर्ट गर्छौ न्यूनतम समर्थन मूल्य दिन्छौं र अन्तिममा हामीले तोकेको मूल्यमा उहाँहरुले बेच्न पाउनु भो बेच्नुहुन्छ बजारमा त्यो भन्दा बढीमा बेच्नुहुन्छ। त्यसमा पनि पाउनु भएन भने सर्टेन मूल्य पनि वहाँहरुले नपाउने स्थिति रहयो, सर्टेन मूल्य भनेको सर्टेन बचतको मूल्य पाउनु भएन भने हामीले राज्ले त्यो लिने व्यवस्था मिलाउछौं।’

उनले अहिले कृषि उपजको विक्री वितरणको प्रकृयामा दलाल पूँजीवाद रहेको र त्यसलाई समाप्त पार्नेगरी पाँचवटा नीतिगत आधारहरु समेत प्रस्तुत गरे। उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा-टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेन्टी गरिएको उनले बताए।

उनले हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी गर्न स्थानीय तहमा ६ हजारको संख्यामा रिक्त रहेका कृषि तथा पशुसेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी तत्काल पदपूर्ति गर्न लागिएको समेत बताए।

त्यस्तै उहाँले किसानलाई ५ प्रतिशत ब्याजदर नबढ्नेगरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिएको घोषणा समेत गरे।