प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकका एजेण्डा के छन् ? - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकका एजेण्डा के छन् ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। शनिबार बिहान ११ बजेल्का लागि बालुवाटारमा ओलीले बैठक बोलाएका हुन्।

ओलीले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा आमन्त्रण गरेका छन्। प्रदेश सरकारहरू ढल्ने अवस्थामा पुगेको र कोरोना महामारीको दोस्रो लहर फैलिएको बेला उनले सर्वदलीय बैठक बोलाएका छन् ।

सर्वदलीय बैठक के का लागि बोलाइएको नखुलाएपनि समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न माओवादी केन्द्र र जसपाको बाबुराम उपेन्द्र पक्षको दबाबपछि कांग्रेस सभापति शेरवहादुर देउवाले पहल लिइरहेका बेला ओलीले राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

लामो समयपछि हुन लागेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । यसबीचमा जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्रीसँग निरन्तर संवादमा छ । दुवै पक्ष सहमति नजिक पुगेका छन् ।

त्यही क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि फोन गरेका हुन्। नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँतिएयता प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता भएको थिएन