किम जोङको मृत्युको हल्ला - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

किम जोङको मृत्युको हल्ला



काठमाडौं- उत्तर कोरियाका शासक किम जोङ उनको स्वस्थ्यको बारेमा विभिन्न अडकलबाजी हुन थालेका छन्। उनी बिरामी भएको समाचार केही दिनअघि सार्वजनिक भएको थियो।

विभिन्न सञ्चारमाध्यमले ३६ वर्षीया उनको स्वस्थ्य समस्याका कारण मृत्यु भएको जनाएका छन्। शनिबार रातिदेखि उनकाे मृत्युकाे समाचार भाइरल भइरहेको छ।

यसैबीच, दक्षिण कोरियाली सञ्चारमाध्यमले उनको हार्ट सर्जरी गरेको र अहिले स्वस्थ्य रहेको जनाएका छन्। उनी एक रिसोर्टमा आराम गरिरहेका र रिसोर्टमा घुमफिर समेत गरिरहेका जनाइएको छ।

चीनका सञ्चारमाध्यमहरुमा पनि किमलाई लिएर विभिन्न अड्कलबाजीका समाचार आइरहेका छन्। चीनले चिकित्सकको एक टोली उत्तर कोरिया पठाएको समेत बताइएको छ।

चीनको मेडिकल टिमका एक सदस्यले जापानको म्यागेजिनलाई बताए अनुसार, किमको केही महिनादेखि मुटुको समस्या देखिएको थियो। केही दिनअघि उनी रिङ्गटा (चक्कर) लागेर ढलेका थिए। त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनको एक सर्जरी भइसकेको बताइएको छ। अब उनको मुटुमा स्टेन्ट लगाउनुपर्ने हुनसक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत किम बिरामी भएको खबर गलत रहेको बताएका थिए।

किमको स्वास्थ्य अवस्था कस्तो छ यसबारे यकिन जानकारी भने आइसकेको छैन। उत्तरकोरियामा महिला शासक आउन सक्ने विभिन्न सञ्चारमाध्यमले अड्कलबाजी गरिरहेका छन्।