के.आई नेपालद्वारा दिल्ली स्थित नेपाली राजदूतावासलाई ध्यानकर्षण ! - Himal Post Himal Post
  • १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
Logo

के.आई नेपालद्वारा दिल्ली स्थित नेपाली राजदूतावासलाई ध्यानकर्षण !



भारतको नयाँ दिल्लीको एक आश्रममा महिला हिंसा भएको भन्दै उक्त आश्रममा नेपाली महिला तथा बालिका भए नभएको छानबिन गर्न भारत स्थित नेपाली राजदूतावासलाई ध्यानकर्षण गराईएको छ ।

विगत १० वर्षदेखि मानव बेचबिखन र लैिङ्गक हिंसा अन्त्यका लागि कार्य गर्दै आइरहेको सामाजिक संस्था के.आई. नेपालले महिला हिंसा भएको भन्दै यस्तो ध्यानकर्षण गराएको हो ।

भारतको दिल्लीमा आध्यात्मिक विश्वविद्यालयको नाममा खोलिएको आश्रममा दिल्ली हाईकोर्टको निगरानी र दिल्ली महिला आयोगको जाँचमा महिला तथा बालिकामाथि हिंसा भएको खुलासा हुन पुगेको के.आई. नेपालको दाबी छ ।

उक्त आश्रममा नेपाली महिला तथा बालिका पनि रहेको हुनसक्ने भन्ने समाचार विभिन्न भारतीय संचारमाध्यमबाट प्रकाशित भइरहेको हुनाले नेपाली राजदूतावास, दिल्ली महिला आयोग र विभिन्न संघसंस्थाहले गरेको निगरानीको क्रममा आश्रममा हिंसा प्रभावित सयौँ महिला हुन सक्ने जानकारी दिल्ली महिला आयोग प्रमुख स्वाती मलिवालले बताइन् ।

के. आई. नेपालले उक्त आश्रममा नेपाली महिला तथा बालिका छन् या छैनन् भन्ने विषयमा उद्धारको लागि आफ्नो प्रयास जारी राख्ने र यदि नेपाली महिला तथा बालिका फेला परेमा के.आई. नेपालले उनीहरूको उद्धार, पुनस्र्थापना र पुनःएकिकरण कार्य गर्न तत्पर रहेको जानकारी के.आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए ।

विगत केही समय अगाडि भारतको विभिन्न ठाउँहरुबाट नेपाली राजदूतावास, दिल्ली महिला आयोग र विभिन्न संघसंस्थाहरुको सहयोगमा महिला तथा बालबालिकाहरुको उद्धार गरी पुनर्स्थापना र पुनर्मिलन गराउन प्रभावकारी रूपमा क्रियाशील रहदै आइरहेको संस्था के.आई नेपालले २ महिलालाई परिवारमा पुनर्मिलन गराएको, १ महिलालाई सुरक्षित आवास गृहमा पुनर्स्थापना गराई सीप प्रदान गराउन सफल भएको छ ।

यदि कुनै पनि पिडितको आफन्त आश्रममा वा अन्य ठाउमा भएको जनाकारी छ तर उद्दर  गर्न गार्हो भएको खण्डमा  के आई नेपालको सम्पर्क कार्यालयमा सम्पर्क गर्न दिल्ली स्थित के आई प्रतिनिधि नविन जोशीले बताए ।