यसरी हुँदैछन अर्थमन्त्री खतिवडा आउट - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

यसरी हुँदैछन अर्थमन्त्री खतिवडा आउट



काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेपछि अर्थमन्त्री डा. युवराज खतिवडा आउट हुने पक्का भएको छ ।

नेकपाको बुधबार बसेको सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो ।

नेकपाको यो निर्णयसँगै अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने निश्चित भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्ने एउटा कोटामा वामदेव गौतम राष्ट्रियसभामा जाने भएका हुन् ।

गोलाप्रथाका क्रममा २ वर्षे कार्यकालका लागि चुनिएका खतिवडाको कार्यकाल यही फागुन २० मा सकिँदैछ । उनको ठाउँमा अब वामदेवले राष्ट्रियसभा सदस्यकारुपमा प्रवेश पाउनेछन् ।

पार्टीभित्रको चर्को गुटको विवादकाबीच बुधाबार नेकपा सचिवालय बैठकले बर्दियामा कांग्रेसका सञ्जय गौतमसँग पराजित वामदेवलाई राष्ट्रिय सभामा लाने औपचारिक निर्णय गरेको हो ।

वामदेव राष्ट्रियसभा प्रवेश गर्ने भएसँगै अर्थमन्त्री खतिवडा अब राष्ट्रिय सभा सदस्य रहने छैनन् । राष्ट्रियसभाको कार्यकाल सकिएको ६ महिनासम्म खतिवडा अर्थमन्त्री रहन पाउनेछन् । तर त्यस पदमा रहने नरहने अर्थमन्त्री खतिवडाले आफुले नै निर्णय लिनेछन् ।