राष्ट्रिय सभाबारे खतिवडाले मुख खोले: 'सपथ ग्रहणमा भेट हुन्छ' - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

राष्ट्रिय सभाबारे खतिवडाले मुख खोले: ‘सपथ ग्रहणमा भेट हुन्छ’



काठमाडौं- अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राष्ट्रिय सभाका बारेमा मुख खोलेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएपछि खतिवडाले पहिलो पत्रकार सम्मेलनमा उनले यसबारे बोल्ने समय नभएको तर २१ गते सपथ ग्रहणमा भेट हुने बताए ।

सरकारको प्रवक्ताका रूपमा पहिलोपटक बिहीवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका खतिवडाले २१ गते शपथ ग्रहणको दिन भेट हुने बताएका हुन् ।

‘मेरै बारेमा कुरा उठेको छ, राष्ट्रिय सभाको सम्बन्धमा,’ खतिवडाले भने, ‘हेर्दै जानुस् न, अलि बेला भइसकेको छैन । २१ गते शपथ ग्रहणको दिन तोकिएको छ, त्यो दिन तपाईंहरूसँग फेरि भेट हुन्छ, भेट नभएपनि कुराकानी भइनैरहन्छ, त्यसैबेला यसको छलफल हुन्छ, अहिले नै जवाफ दिइराख्नुपर्ने आवश्यकता मैले देखेको छैन ।’

पार्टी सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भनी गरेको निर्णय लत्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडा पक्षमा अडान राखेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ ।

यही फागुन २० गते राष्ट्रिय सभामा १९ सांसदको कार्यकाल सकिँदैछ । रिक्त स्थानका लागि १८ जना निर्वाचित भइसकेका छन् भने राष्ट्रपतिले मनोनित गर्ने एउटा कोटालाई लिएर नेकपाभित्र तीव्र विवाद भइरहेको छ ।

पार्टी सचिवालयले उक्त कोटामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले खतिवडालाई नै पठाउने अडान दोहोर्‍याएका छन् ।

राष्ट्रपतिबाट मनोनित सांसद खतिवडाको २ वर्षे कार्यकाल यही २० गते सकिन लागेको छ ।