अर्थमन्त्री युवराज खतिवडा मन्त्रीबाट हट्ने - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

अर्थमन्त्री युवराज खतिवडा मन्त्रीबाट हट्ने



काठमाडौं – सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा पदबाट हट्ने भएका छन । राष्ट्रियसभाको म्याद सकिएकोले उनि हट्ने भएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियसभाका कार्यकाल सकिएका कुनै पनि सांसदलाई पुनः नदोहोर्याउने निर्णय गरेको छ ।

शुक्रबार बसेको नेकपा सचिवालय बैठकले विद्यमान सांसदहरु कोही कसैलाई पनि उम्मेदवार बनाएको छैन । यसैअनुसार राष्ट्रिय सभाको कार्यकाल सकिएलगत्तै खतिवडा स्वतः हट्नेछन्।

डा. युवराज खतिवडा सरकारको सिफारिशमा राष्ट्रपतिको तर्फबाट मनोनय भएका थिए ।

कार्यकाल सकिएका सांसदको अवधि नथप्ने निर्णयसँगै अर्थमन्त्री डा. खतिवडा समेत बाहिरिनेछन् ।सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ ।

प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपाको यो निर्णय सँगै राष्ट्रियसभा सदस्य रहेका अर्थमन्त्री डा. खतिवडाको समेत कार्यकाल थप नहुने स्पष्ट भएको छ ।