सर्वेन्द्र खनालका चालकसँग प्रहरीले लियो बयान: अनुसन्धान टोली महोत्तरीमा - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

सर्वेन्द्र खनालका चालकसँग प्रहरीले लियो बयान: अनुसन्धान टोली महोत्तरीमा



काठमाडौँ- सांसद अप’हरण प्रकरणमा नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालका चालकसँग महानगरीय प्रहरी परिसर काठमाडौंले बयान लिएको छ ।

शनिबार बिहान पूर्वआईजीपी खनालका चालक प्रहरी हवल्दार शिव तामाङसँग महानगरीय प्रहरी परिसरको टोलीले बयान लिएको हो ।

बयानमा चालक तामाङले त्यस दिन सा‌ंसद सुरेन्द्र यादव राजीखुसीले आएको दाबी गरेको बताइएको छ ।

काठमाडौं प्रहरी परिसरमा पूर्वआईजीपी खनालसहित नेकपा सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र नविन बस्नेतविरुद्ध समाजवादी पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवका तर्फबाट बिहीबार अप’हरणको मुद्दा दर्ता भएको थियो ।

परिसरले अप’हरण आरोपित नेकपा सांसद बस्नेत र पीडित समाजवादीका सांसद यादवका अंगरक्षक समेत रहेका प्रहरी जवानद्वय डिल्लीराम भट्टराई र चुणमणि भट्टराईलाई बयानका लागि उपस्थित गराइदिन पनि प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो ।

तर दुवै अंगरक्षक भक्तपुर र महोत्तरी जिल्ला प्रहरी कार्यालयबाट खटिएकाले उतैबाट झिकाउन परिसरलाई प्रधान कार्यालयले निर्देशन दिएको छ । काठमाडौं परिसरले महोत्तरीस्थित गौतम होटल र नक्सालस्थित मेरियट होटलको वैशाख १० गते रातीको सीसीटीभी फुटेज उपलव्ध गराउन निर्देशन दिएको छ ।

बिहीबार नै परिसरले निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली महोत्तरी पठाएको छ ।

यादवको घरबाट हिँडेपछि बर्दिबासस्थित गौतम होटलमा खाना खाएर काठमाडौं आएका उनीहरु राती नै नक्सालसिथत मेरिएट होटल आइपुगेका थिए । सोही घटनामा वैशाख १४ गते नै अप’हरित भनिएका यादव परिसर पुगेर मुद्दा दर्ता गर्न खोजेका थिए ।

तर प्रहरीले दर्ता गर्न नमानेपछि यादव सोही कसुरको मुद्दा लिएर वैशाख २२ गते काठमाडौं सरकारी वकिलको कार्यालय गएका थिए । त्यही मुद्दा सरकारी वकिलको कार्यालयबाट बिहीबार परिसरमा पठाइएको थियो ।