भ्रमण वर्षको मुखैमा कर्मचारीको आन्दोलन घोषणा: विमानस्थल ठप्प पार्ने - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

भ्रमण वर्षको मुखैमा कर्मचारीको आन्दोलन घोषणा: विमानस्थल ठप्प पार्ने



काठमाडौं : भ्रमण वर्षको मुखैमा आएर नेपाल नागरिक उड्डयन प्राधिरणका कर्मचारीले विमानस्थल ठप्प पार्ने चेतावनी दिएका छन्।

प्राधिकरणका आधिकारीक ट्रेड युनियनले बुधबार पत्रकार सम्मेलन गरेरै हालकै संरचनामा सुधार गर्नुपर्ने भन्दै सरकारले अगाडि बढाएको प्राधिकरणको संरचनागत विभाजनको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै कर्मचारीले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

उनीहरूले सरकारले तयारी गरिरहेको नियामक र सेवाप्रदायक निकायको दुई वटा संरचनाको चर्को विरोध गरेका हुन्।

उड्डयन प्राधिरकण अन्र्तगत आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ संशोधन गरेर समय सान्र्दर्भिक बनाउन सकिन्छ तर प्राधिकरणलाई दुई टुक्रा बनाउनु जरुरी छैन।’ उनका अनुसार प्राधिकरणलाई दुई संरचनामा विभाजन गर्दैमा उड्डयन क्षेत्रको समस्याको समाधान हुने होइन।

युरोपेली युनियनले उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेको पनि संरचनागत विभाजन नगरेको कारण हुँदै होइन्। यसका लागि सरकारले गर्नुपर्ने काम नगरेको प्राधिकरण बोर्ड बैठकबाट निजी क्षेत्रका हवाई कम्पनीका प्रतिनिधि नहटाएको, बाहिरी रुपमा देखिएको सेफ्टि ओभरसाइट सिस्टममा भएका फाइन्डिङलाई देखाएर भित्रि रूपमा व्यक्तिगत स्वार्थ पूर्तिमा लागेको आरोप कर्मचारीको छ।

कर्मचारीले उठाएका माग संस्थागत हितमा रहेको दाबी ट्रेड युनियनको छ। कर्मचारीले मन्त्रिपरिषद्मा गोप्य रूपमा पेश भएको प्राधिकरणको संरचना विभाजनको विधेयकको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

कर्मचारीले पहिलो चरणका आन्दोलनमा लचकता अपनाएको र यसलाई वेवास्था गरेको भन्दै अब दोस्रो चरणमा विमानस्थल ठप्प पार्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका हुन्।

ट्रेड युनियनले यही पुस १३ गते संस्था विभाजनविरुद्ध हस्ताक्षर संकलन, १६ देखि १८ गतेसम्म कालोपट्टी बाँधेर काम गर्ने, २० गतेदेखि २२ गतेसम्म पेन डाउन र २३ गतेदेखि २५ गतेसम्म उड्डयन प्राधिकरणका महानिर्देशकको कार्यकक्ष घेराउन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।