पूर्वसचिव पत्नीको हत्या: किन झुण्डिए कामदार विजय चौधरी ? - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

पूर्वसचिव पत्नीको हत्या: किन झुण्डिए कामदार विजय चौधरी ?



काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको मृत्यु भएको छ।

ललितपुर प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर राईले मुनाको मृत्यु भएको पुष्टि गरेका छन्।

‘गम्भीर अवस्थामा उपचारका लागि पुर्‍याए लगत्तै उहाँलाई हस्पिटलले मृत घोषणा गर्‍यो, अहिले हामी घटनास्थलमै छौं, अनुसन्धान गर्दै छौं,’ राईले भने।

सानेपास्थित निवासमा कार्कीलाई मध्याह्न गम्भीर अवस्थामा देखेपछि श्रीमान् अर्जुनले प्रहरीमा खबर गरेका थिए।

लगत्तै घटनास्थल पुगेको प्रहरीले मुनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी स्टार अस्पताल पुर्‍याएका थिए।

उपचारका लागि हस्पिटल लगिए पनि उनी बचिनन । कार्कीको घरमा कार्यरत कामदार विजय चौधरी भने झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। उनी दाङको रहेको खुलेको छ।

उनै झुण्डिएको अवस्थामा मृत फेला परेका चौधरीले कार्कीमाथि हमला गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

चौधरीको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल पठाउने तयारी भइरहेको छ।

यसका लागि शवको प्रकृति मुचुल्का तयार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।