डिल्लीबजार कारागारमा किन भयो झडप ? - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

डिल्लीबजार कारागारमा किन भयो झडप ?



काठमाडौं- डिल्लीबजार कारागारमा आइतबार विहानै कैदीबन्दीबीच झडप भएको छ ।

कारागारमा झडप भएपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । चौकीदार परिवर्तन गर्ने विषयमा झडप भएको स्रोतले जानकारी दिएको छ ।

काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने क्यान्टिनमा बाँकीमा सामान दिन छाडेपछि सामान्य समस्या मात्र सिर्जना भएको बताएका छन् ।

उनी भन्छन्, ‘लकडाउनले आफन्त भेट्न आएनन्, पैसा पनि सिद्धियो । क्यान्टिनमा पनि समस्या भएपछि विवाद भएको हो । ठूलो विषय होइन ।’ विवादका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।