कपिलवस्तु बाणगंगामा प्रदेश ५ कै बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

कपिलवस्तु बाणगंगामा प्रदेश ५ कै बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न



आभास पौडेल/कपिलवस्तु

“प्रत्येक दुई(२) सेकेन्डमा एक(१) व्यक्तिलाई रगत चाहिरहेको हुन्छ” भन्ने मूल नारा लिएर अखिल क्रान्तिकारी बाणगंगा क्याम्पस समितिको मुख्य आयोजना तथा दारी ग्याङ कपिलवस्तु ने बि सङ्घ अनेरास्ववियु बाणगंगा क्याम्पस स्वबियु सिद्धार्थ क्याम्पसको सहयोगमा बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १(१) का प्रदेश सांसद विष्णु पन्थी क्रान्तिकारीका केन्द्रीय सचिव नारायण खनाल बाणगंगा नगरपालिका बडा आठ (८) अध्यक्ष विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी, बौद्धिक वर्ग, युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि र स्थानियहरुले रक्तदान गर्नु भएको थियो।

कार्यक्रम बाट (८२) बयासी पाइन्ट रगत सङ्कलन भएको र प्रदेश ५ कै बृहत् कार्यक्रम भएको आयोजकले दाबी गरेको छ।