जोखिम बढेपछि कपिलवस्तु जिल्ला ‘सिल’
कपिलवस्तु- कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेसँगै सोमबार साँझदेखि जिल्ला ‘सिल’ गरिने भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साँझदेखि आउँदो जेठ ५ गतेसम्म जिल्ला सिल गर्ने निर्णय गरेको हो ।
कपिलवस्तुमा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । २०० जना बढीको स्वाब परीक्षण हुँदैछ ।
सोमबारमात्रै यशोधरा गाउँपालिकामा आठजना र बुद्धभूमि नगरपालिकामा दुई गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।
यसअघि, मायादेवी गाउँपालिकामा चारजना र शुद्धोधन गाउँपालिकामा एकजना कोरोना संक्रमित भेटिएका थिए ।
उता, कपिलवस्तुको भारतीय सीमामा अलपत्र परेका झन्डै दुई हजारजनालाई आइतबार राति नेपाल प्रवेश गराइएको छ ।