कमल थापा भन्छन: राष्ट्रपति भन्दा राजा ठिक भएकाले राजसंस्था फर्काउँ - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

कमल थापा भन्छन: राष्ट्रपति भन्दा राजा ठिक भएकाले राजसंस्था फर्काउँ



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको अस्तित्व रक्षाको निमित्त राजसंस्थाको आवस्यक भएको बताएका छन् ।

थापाले अहिलेको राष्ट्रपति भन्दा राजा ठिक भएकोले पनि राजसंस्था अत्याबसेक भएको दाबी गर्दै चुनाव भन्दामाथि उठेको अभिभावकको रुपमा राजसंस्था आवश्यक भएको बताएका छन् ।

उनले मुलुकमा राजासहितको लोकतन्त्रले मात्र स्थिरता र समृद्धि दिन सक्ने दाबी समेत गरेका छन् ।

विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्दै थापाले राप्रपा प्रवेश गर्नेहरुले कहिल्यै पश्चाताप गर्नु नपर्ने भएकोले देश बचाउने र बनाउने अभियानमा राप्रपाको झण्डा मुनि गोलबन्द हुनु आबश्यक भएको बिचार ब्यक्त गरे ।

पचासौं लाख युबालाई बिदेशी भुमिमा रगत पसिना बेच्न बाध्य बनाउनेहरुले देश निर्माण गर्न नसक्ने ठोकुवा गर्दै थापाले गलत मार्गचित्रका कारण मुलुक संकटको भुमरीमा फसेको बताए ।

जातिय आधारमा बिभाजित गर्ने कामले समस्या जटिल बन्ने तर्फ सचेत हुनुपर्ने बताउदै थापाले संस्कार, संस्कृति र परम्परा बिर्सियर पहिचान गुम्न जादा मुलुक कमजोर हुने बिचार ब्यक्त गरे ।

नयाँ उद्योग खोल्ने, स्वदेशी-बिदेशी लगानी भित्र्याउने, कृषिमा जनतालाई आकर्षित गर्ने भन्दा भ्रस्टाचार र ब्रम्हलुटलाई प्राथमिकता दिदा देश खोक्रो बन्दै गएको थापाको कथन थियो ।

नयाँ पुस्ताको साथ र सहयोगमा राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गरेरै छाड्ने थापाको प्रतिबद्धता थियो । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुली ,केन्द्रिय सदस्यहरु केशब रेग्मी , सिर्जना रानी बर्मा, प्रबल नरसिंह राणा लगायतले बोलेका थिए ।