भतिजको क्रिया गर्दै एमाले केन्द्रीय नेता कमल गौतम - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

भतिजको क्रिया गर्दै एमाले केन्द्रीय नेता कमल गौतम



काठमाडौं- एमाले केन्द्रीय नेता तथा जीफन्ट उपाधक्ष्य कमल गौतम आफ्नो भतिजको क्रिया बसेका छन् । उनी कोरोना संक्रमणको कारण निधन भएका भतिजको क्रिया बसेका हुन् ।

नेता गौतम पारिवारिक दायित्व र संस्कार नभुली आफ्ना जेठा दाईका छोराको क्रियामा बसेका हुन् । उनका जेठा दाई रामराज गौतमका जेठा छोरा सरोज गौतमको बैसाख २७ गते निधन भएको थियो ।

जेठो छोराले आफ्नो जेठो छोराको क्रिया बस्न अशुभ हुने धार्मिक मान्यता अनुरूप कमल गौतम क्रिया बस्नुपरेको अर्का भाइ गीतकार विमल गौतमले जानकारी दिए । उनले भने ‘जेठो छोराले आफ्नो जेठो छोराको क्रिया बस्न अशुभ हुने धार्मिक मान्यता छ, त्यो मान्यतालाई नतोड्न डायबिटीजको बिरामी भएर पनि उहाँ आफ्नै दाईको छोराको क्रिया बस्नुभएको हो ।’

कोरोना संक्रमण भएपछि काठमाडौं मोडल हस्पिटलमा भर्ना भएका सरोज गौतमको बैसाख २७ गते निधन भएको थियो । वि सं २०४० सालमा भैरवस्थान पाल्पामा जन्मिएका गौतमले इन्सपेक्शन इन्जिनियरिङमा विज्ञता हासिल गरेका थिए ।

सरोजले पाल्पाको भैरब जनता मा. वि. बाट १४ बर्षकै उमेरमा एस.एल.सी. पास गरी बुटवल टेक्निकल इन्स्टिट्यूटबाट मेकानिकल सबइन्जिनियर सकाएका थिए । पछि मुम्बईबाट वेल्डिङ इन्सपेक्शन इन्जिनियरको कोर्ष पूरा गरेका थिए ।

सरोजका श्रीमती एक छोरा र एक छोरी छन् ।