कैलालीमा थप एक महिलामा कोरोना संक्रमण भएको पुष्टि - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

कैलालीमा थप एक महिलामा कोरोना संक्रमण भएको पुष्टि



कैलाली । कैलालीमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ ।

लम्की चुहा नगरपालिका- १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको हो ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ ।

वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी संक्रमित महिला चैत्र ९ गते लम्की चुहा नगरपालिकामा आएकी थिइन।

२५ गते काठमाडौंबाट आएको टोलीले र्‍यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो ।

९८ जनाको नेगेटिभ आयो । यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो । सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन ।