जेलमा रहेका कैदी बन्दीलाई रिहा गर्ने सरकारको तयारी - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

जेलमा रहेका कैदी बन्दीलाई रिहा गर्ने सरकारको तयारी



काठमाडौँ- कोरोना भाइरसको जोखिम कम गर्न सरकारले जेलमा रहेका कैदी बन्दीलाई रिहा गर्ने तयारी थालेको छ।

यस विषयमा महान्यायाधिवक्ता अग्नि खरेल र प्रहरी महानिरिक्षक-आईजिपी ठाकुर ज्ञवालीबीच छलफल हुँदै छ।

यसअघि बिहीबार मात्रै स‌ंसदको कानुन न्याय तथा मानव अधिकार समितिले पनि कैदीबन्दी घटाएर कोरोनाको जोखिम कम गर्न सरकारलाई निर्देशन दिएको छ।

त्यसपछि सरकारी निकायले त्यस विषयमा छलफल अगाडि बढाएका हुन्।

नेपालका जेलमा २५ हजारभन्दा बढी कैदीबन्दी छन्। प्राय जेलमा क्षमताभन्दा तेब्बर चौब्बर कैदीबन्दी छन्।

कोरोनाको रोकथाम तथा न्युनिकरण गर्न २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने सरकारको निर्णयपछि चासो जेलमा रहेका कैदीबन्दीमा परेको छ।

महान्यायाधिवक्ता सरकारका कानुनी सल्लाहकार हुन्।