आजदेखि ‘लकडाउन’ कडा: कि घरमा बस्ने, कि ६ महिना जेल बस्ने
काठमाडौं- अब लक डाउन कडा बनाइएने भएको छ। उल्लङ्घन गर्नेलाई छ महिना जेल सजायं हुने भएको छ।
सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन सवारीसाधन आवागमनमा रोक लगाइएपनि मानिसहरुले यसको उल्लङ्घन गरेकाले यस्तो कडाई गरिने बताइएको छ ।
मानिसहरु सडकमा पनि बेफिक्री हिँडिरहेको र सरकारको आदेश नमानेकाले यसलाई कडा बनाउने भनिएको छ ।
सर्वसाधारणकारण कोरोना संक्रमण फैलिने डरले सरकारले पूरै देश लकडाउन गरिरहँदा काठमाडौँमा धेरै मानिसहरुले लकडाउनको वास्ता नै नगरेका कैयौं दृश्य देखिएका थिए ।
मंगलबार सामान्य सम्झाएर पठाउने गरेको प्रहरी बुधबारदेखि कडा रुपमा प्रस्तुत हुने बताइएको छ । सर्वसाधारणहरू सडकमा निस्किए भने १ सय प्रतिशत जोखिम बढ्नेछ भने घरमै बस्दा १ सय प्रतिशत सुरक्षित हुनेछन । तर सरकारले गरेको आदेशलाई कसैले अवज्ञा गर्छ भने त्यो सजायको भागिदार हुन्छ । महानगरले भनेको छ ।
महानगरका अनुसार मङ्गलबार ९५ प्रतिशत मानिसहरु घरमै बसेका थिए । केही मानिसहरु पहिलो दिन भएको कारणले कस्तो हुन्छ भन्दै बाहिर हेर्न निस्किएको हुन्सक्छ ।
तर, अब भने बाहिर निस्किनेलाई कडाई गरिने तथा निर्मम भएर कारबाही गरिने पनि महानगरले बताएको छ ।
सरकारको निर्देशन अटेर गर्नेलाई ६ महिना सम्म थुन्न सकिने समेत बताइएको छ ।