उच्च जोखिममा नेपालगञ्ज: त्रासमा स्थानीय - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

उच्च जोखिममा नेपालगञ्ज: त्रासमा स्थानीय



नेपालगञ्ज– एकै दिन १५ जना कोरोना संक्रमित भेटिएपछि नेपालगञ्जको अवस्था जोखिमपूर्ण बनेको छ भने स्थानीयहरू निकै त्रसित बनेका छन् ।

एकाएक संक्रमितहरु भेटिएकाले नेपालगन्जका धेरै क्षेत्र सील गर्ने य=तयारी भैताहेको बताइएको छ । संक्रमितहरु बस्दै आएको क्षेत्रका साथै अन्य क्षेत्र पनि सील गर्न थालिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ धम्बोझीको सर्वपक्षीय भेलाले वडालाई सील गरेको छ। प्रहरी, स्वास्थ्यकर्मी र अत्यावश्यक कामबाहेकलाई वडामा प्रवेश निषेध गरिएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा शनिबार स्वाब लिइएका ९० जनामध्येमा १५ जनामा कोरोना देखिएको हो। त्यही समूहका अझै केहीको रिपोर्ट आउन बाँकी नै छ । संक्रमितको संख्या थपिएसँग नेपालगञ्जका स्थानीयमा त्रास बढेको छ ।

वैशाख १७ गते मस्जिदमा स्वाब लिइएका ६० वर्षीय एक पुरुषमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका व्यक्तिको स्वाब लिइएको थियो। अझै केहीको स्वाब लिने तयारी भइरहेको छ।

बाँकेमा खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेसन कक्ष बनाइएको छ। नेपालगञ्जका पहिलो कोरोना संक्रमति ६० वर्षीय पुरुषलाई सोही आइसोलेसनमा राखिएको छ।