झापालाई हराउँदै भारत सेमिफाइनलमा पुग्यो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

झापालाई हराउँदै भारत सेमिफाइनलमा पुग्यो



ओम प्रकाश बानियाँ/ बराहक्षेत्र ५

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरोल गोल्ड कपको चौथो क्वाटर फाईनल खेलमा कन्चनजङा फुटबल क्लब भारत विजयी भएको छ ।

बिर्ता युनाइटेड क्लब झापा र कन्चनजङा फुटबल क्लब भारत बिच भएको खेलमा कन्चनजङा क्लब ३-० गोल अन्तरले विजय भएको हो । विजय भए सङै कन्चनजङा फुटबल क्लब भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा कन्चनजङाले रेड हर्ष क्लब इलाम सँग भिड्ने छ । कन्चनजङाको जितमा पहिलो हाफको अतिरिक्त समय र दोस्रो हाफको ३४ औ मिनेटमा कन्चङ्जङा फुटबल क्लबका जर्सी न: १० का अमिर लामाले २ गोल र दोस्रो हाफको ९ औ मिनेटमा जर्सी न: ७ का सन्जिब सुब्बाले थप १ गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच कन्चनजङा फुटबल क्लब भारतका जर्सी न:१० का अमिर लामा घोषित भए । उनले बराहक्षेत्र नगरपालिका वडा न: ४ का वडाध्यक्ष आशाराम चौधरीको हातबाट नगद पाँच हजार प्राप्त गरे।

बुधवार बाट पहिलो सेमिफाइनल खेल सुरु हुनेछ । पहिलो सेमिफाइनल खेलमा रास्टिय जन जागृती क्लब सुन्सरी र चर्च ब्याइज क्लब काठमाडौँ बिच हुनेछ ।