मुलुकमा नयाँ अध्‍यारो युगको सुरुवात: झाँक्री - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मुलुकमा नयाँ अध्‍यारो युगको सुरुवात: झाँक्री



काठमाडौँ- एमाले नेतृ रामकुमारी झाँक्रीले मुलुकमा एउटा नयाँ अध्‍यारो युगको सुरुवात भएको बताएकी छन् । आफूहरूले अन्‍तिमसम्‍म संसद् जोगाउन चाहे पनि खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही नलागेको बताएकी छन् ।

सामाजिक सञ्‍जालमार्फत प्रतिक्रया दिँदै उनले लेखेकी छन्, ‘एउटा अँध्यारो युगको सुरूवात! हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन।’

महामारीको यस्‍तो डरलाग्‍दो बेलामा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आइसीयू र भेन्‍टीलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाइरहदा महाराज महारानीलाई चुनाव चाहिएको भन्‍दै यसको हिसाबकिताब जनताले राख्‍ने उनको भनाइ छ ।

‘यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आइसीयू र भेन्‍टीलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ,’ उनले भेनकी छन्, ‘ यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव? जनताले हिसाबकिताब त पक्कै राख्नेछन्।’