प्रधानमन्त्री ओलीसंग छलफल गर्न प्रचण्ड र झलनाथ बालुवाटार पुगे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको संवादहीनताको अवस्था छलफलको चरणमा प्रवेश गरेको छ ।
ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो। उक्त दिन बोलाइएको पार्टी स्थायी कमिटीको बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरिदिएपछि प्रचण्ड र झलनाथ ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गर्न गएका थिए।
बैठक अन्तिम समयमा स्थगित गरेको भन्दै ओलीसँग दाहाल पनि आक्रोशित बनेका थिए । त्यसपछि नेकपाका शीर्ष नेताहरुबीच संवाद हुन सकेको थिएन ।
प्रधानमन्त्री ओलीको उक्त जवाफपछि बालुवाटारमा भेला भएका प्रचण्ड र अर्का बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २९ जना स्थायी कमिटी सदस्य सहभागी भएर बैठक बसेको थियो। उक्त बैठकले एकलौटी रूपमा अध्यक्ष ओलीले बैठक रोक्नु विधानविपरीत र अनुचित भएको निर्णय गरेको थियो।
उक्त बैठकले आगामी स्थायी समिति बैठकको मितिका लागि अध्यक्ष ओलीसँग सहमति गर्ने जिम्मा पनि प्रचण्डलाई दिएको थियो।
आज नेकपाका वरिष्ठ नेता झलनाथ खनालसहित दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।