झलनाथको आरोप: हामीलाई फुटाउन ओलीले हदैसम्म गर्दैछन - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

झलनाथको आरोप: हामीलाई फुटाउन ओलीले हदैसम्म गर्दैछन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पछिल्लो समय देखिएको विवाद निकै रोचक बन्दै गैरहेको छ । खासगरी बुधबारको सचिवालय बैठकपछि विवादमा नयाँ ट्वीष्ट आएको हो ।

बैठकमा आफैले पटकपटक ढोका दिएका वामदेव गौतमलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बनाउने विकल्प ल्याएपछि नेताहरू नै दङ्ग परेका थिए । यो विकल्पपछि नेकपाको विवादमा नयाँ बहस सुरू भएको छ ।

यस्तैमा तेस्रो वरीयताका नेता झलनाथ खनालले भने प्रधानमन्त्री जो बनेपनि समस्या नहुने तर हालका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए निकास निस्कने बताएका छन् ।

नेता खनालले आफूहरूले यसैलाई प्रधानमन्त्री बनाउँ भनेर नभनेको बताएका हुन् । खनालले भनेका छन् ओलीको राजिनामा बटमलाइन भएको त्यसपछि जो प्रधानमन्त्री बनेपनि फरक नपर्ने बताए ।

प्रधानमन्त्री ओलीको विकल्प खोज्न तयार भएको मोर्चाले जोडबल गरेपछि बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए । माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका थिए ।

खनालले ओलीको यो प्रस्ताव गठबन्धन टुटाउने, फुटाउने उद्देश्यबाट प्रेरित भएको बताए ।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको धुवाँधार विरोध भएको र प्रधानमन्त्री ओलीले आफू बच्नको लागि नयाँ फण्डा ल्याएको उनको आरोप छ ।

प्रधानमन्त्री ओलीको सबैले राजिनामा मागेको समेत उनले बताए । वामदेवको नाम प्रस्ताव हुँदा नेताहरूले आपत्ति नजनाएको खनालले बताएका छन् ।

खनालले हामीलाई टुटाउनफुटाउने उद्देश्य बनाएर ओलीले नयाँ नयाँ बखेडा ल्याएको समेत आरोप लगाएका छन् ।

नेता खनालले भनेका छन्, ‘जो हुँदा पनि आपत्तिको विषय थिएन । हामीले प्रतिवाद, विवाद केही पनि गरेनौं । हामीले उहाँको राजीनामाको माग गरेका छौं । केपी ओलीको विकल्पमा म हो, पुष्पकलम दाहाल प्रचण्ड हो, वामदेव गौतम हो, माधव नेपाल हो । हामी चार जना हौं । चारमध्ये जुनै विकल्पमा जान हामी तयारै छौं ।’

प्रधानमन्त्री ओलीले जहिले पनि फण्डा ल्याउने र समय बिताउने खेल खेल्ने गरेकाले अनौठो नलागेको समेत खनालले बताए ।