पार्टीमा बिद्रोह गर्ने झलनाथको संकेत - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

पार्टीमा बिद्रोह गर्ने झलनाथको संकेत



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा आफ्नो समुहले बिद्रोह गर्ने संकेत देखाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा आफूहरू प्रस्तुत हुने समेत बताएका छन ।

उनले प्रधानमन्त्री ओलीले सरकार र पार्टीलाई गलत बाटोमा लागेको भन्दै अब कुरेर बस्ने समय नभएको समेत बताएका छन् ।

राजधानीमा भएको एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता खनालले सरकार गलत बाटोमा हिँडेकाले सचिवालयका सदस्यहरु एक जुट भएको बताएका छन् ।

‘हामी ओलीमा देखा परेको राजनीतिक, सैद्धान्तिक प्रवृत्तिविरूद्ध लड्दै छौं,’ उनले भने, ‘कम्युनिस्ट पार्टीको सचेत प्रयत्न नभइ समाजवादमा जान सकिँदैन । वैचारिकरूपले हेर्ने हो भने उहाँमा अधःपतन देखिन्छ । राजनीतिक रूपले दिशाहीन र सैद्धान्तिक रूपले पनि अधःपतन नै देखिन्छ । कहाँ जाने कुनै टुङ्गो छैन ।’

त्यस्तै नेता खनालले बुर्जुवा प्रजातन्त्रमा मात्रै प्रधानन्त्री अल इन अल, सर्वेसर्वा भएको बताउँदै कम्युनिस्ट प्रणालीमा सरकार पार्टीको मातहत हुनुपर्ने बताएका छन् ।

‘समाजवादको दिशातर्फ जाने कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हो यो । प्रधानमन्त्री अल इन अल होइन । हामी नयाँ अवस्थामा थियौं । तर केपी ओलीले पुँजीवादी ढाँचा र ढर्रामा सरकार चलाउनु भयो’, उनले भने, ‘पार्टीले उमेदवार बनायो, पार्टी संसदीय दलले प्रधानमन्त्री बनायो तर, संसदीय दल र पार्टी उहाँका निम्ति भ¥याङ मात्रै बने । कुनै पनि कुरासँग मतलव नराखी अघि बढ्नुभयो ।’