२३ औ जनयुद्व दिवसको अवसर पारेर भारतमा संयुक्त कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

२३ औ जनयुद्व दिवसको अवसर पारेर भारतमा संयुक्त कार्यक्रम सम्पन्न



नयाँ दिल्ली

सबल र समृद्ध राष्ट्र निर्माण गर्ने संकल्पसहित “२३ औ जनयुद्व दिवसको अवसर, बाम गठबन्धनले प्रदेश सभा र प्रतिनिधि सभाको जीतलाई स्वागत गर्दै प्रवासी नेपाली सङ्घ भारत र  अखिल भारत नेपाली एकता मंच  केंद्रीय समितिको संयुक्त  आयोजनामा कार्यक्रम सम्पन्न  भएको छ ।

अखिल भारत नेपाली एकता मंचका केंद्रीय अध्यक्ष इशरी भण्डारिको अध्यक्षता प्रवासी नेपाली सङ्घ भारतकी केंद्रीय उपाध्यक्ष सीता अधिकारी सञ्चालन र अखिल भारत नेपाली एकता मञ्च केंद्रीय सचिव आरबी खड़काको स्वागत मन्तव्यबाट कार्यक्रमको आरम्भ भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अथिति नेकपा माओवादी केन्द्रका केंद्रीय सचिवालय सदस्य लक्षमण पन्त ,अथिति प्रवासी नेपाली सङ्घ भारतका केंद्रीय अध्यक्ष लोकनाथ भण्डारी , अखिल भारत नेपाली एकता मञ्च केंद्रीय सचिव उषा थापा खड़काले आफ्नो मन्तव्य राखदै बाम एकता राष्ट्रको यो युगान्तकारी परिवर्तनका लागि नेपाली जनताले विगत ७० वर्षदेखि अनेकौँ शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरू सञ्चालन गरेका छन् । यी संघर्षका क्रममा हजारौँ योद्धाहरूले आफ्नो जीवन बलिदान गरेका छन्, हजारौँ योद्धा बेपत्ता भएका छन्, हजारौँ घाइते र अंगभंग भएका छन् ।नेपालमा हजारांै वर्षदेखि कायम राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका थिए ।

उक्त कार्य्रकममा ज्ञान बहादुर केसी ,किशन बोहरा मानु क्षेष्ठ अर्जुन दयाल , सूर्य राना प्रवासी नेपाली सङ्घ भारत केंद्रीय सचिवालय सदस्य राम बहादुर डिसी ,मोहन थापा महिला नेतृ इशरी भण्डारी ,प्रवासी नेपाली सङ्घ भारत राज्य नेता हेमंत अधिकारी लगायत नेताहरूको भारतको हरियाणा राज्यको फरीदाबादमा कार्यक्रम सम्पन्न भएको  हो ।