जनताको सपना निर्णायक मोडमा - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

जनताको सपना निर्णायक मोडमा



नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरणको निर्णायक मोडमा पुगेका छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पद बाँडफाँडमा मोटामोटी सहमति जुटेकाले यी दुई दल एकता प्रक्रिया अगाडि बढाउने अन्तिम गृहकार्यमा जुटेका हुन्।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले ओली र प्रचण्डबीच सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने र पार्टीमा दुवै अध्यक्ष वा सहअध्यक्ष बस्ने भन्ने विषयमा सहमति भएको जानकारी दिए ।

उनले भने – ‘दुई अध्यक्षका बीचमा मोटामोटो सहमति भएको छ, अबको छलफल निर्णायक हुन्छ।’ नयाँ सरकार गठनअघि नै पार्टी एकता हुन्छ कि भन्ने जिज्ञाशामा नेता खनालले यसबारे एकता संयोजक समितिको बैठकले टुंगो लगाउने बताए।, यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।