एमालेको समानुपातिक सांसद बनिन् जानकीदेवी राम - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

एमालेको समानुपातिक सांसद बनिन् जानकीदेवी राम



काठमाडौं- नेकपा एमालेको रिक्त समानुपातिक सांसद पदमा जानकीदेवी राम निर्वाचित भएकी छन्। प्रतिनिधि सभामा रिक्त स्थानमा उनी निर्वाचित भएको बताइएको छ ।

प्रतिनिधि सभा सदस्य सानु शिवाको निधन भएपछि एमालेले उनको स्थानमा जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो।

निर्वाचन आयोगका अनुसार एमालेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी सिरहाकी जानकीदेवी रामलाई सांसद निर्वाचित गरिएको हो। आयोगले यसको जानकारी संघीय संसद् सचिवालयलाई गराउने निर्णय गरेको छ।

प्रतिनिधि सभा सदस्य सानु शिवाको निधन भएपछि यही चैत ७ गते बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले एमालेले दलित महिलातर्फ बन्दसूचीको एक नम्बरमा शिवा, दोस्रो नम्बरमा धनकुमारी सुनारको नाम राखेको थियो।

सुनारले पार्टी छाडेपछि तेस्रो नम्बरमा रहेकी जानकीदेवी रामलाई सांसद् बनाइएको हो। अब प्रतिनिधि सभामा एमालेको सांसद संख्या १२१ भएको छ।